म्याग्दी, चैत १५ । म्याग्दीका चारओटा स्थानीय तहले कोरोनाभाइरस रोकथामका लागि एक करोड ९ लाख रुपैयाँको कोष बनाएका छन् ।
बेनी नगरपालिका, रघुगंगा गाउँपालिका, मालिका गाउँपालिका र धौलागिरि गाउँपालिकाले छुट्टा छुट्टैरुपमा एक करोड ९ लाख रुपैयाँको कोष बनाएका हुन् ।
बेनीमा बसेको नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले दैवी प्रकोप उद्दार विशेष कोषमा कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि ५० लाख रुपैयाँको कोष स्थापना गर्ने निर्णय गरेको बेनी नगरपालिकाका नगरप्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।
रघुगंगा गाउँपालिकाले कोरोनाविरुद्धको आकस्मिक कोषमा ३४ लाख जम्मा गर्नुका साथै प्रत्येक वडामा क्वारेन्टाइनसमेत स्थापना गरेको छ ।
मालिका गाउँपालिकाले पनि कोरोनाभाइरस रोकथामका लागि २० लाख रुपैयाँको कोष स्थापना गरेको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकामगरले जानकारी दिए ।








प्रतिक्रिया दिनुहोस्