काठमाडौं चैत्र १५ । अमेरिकामा कोरोना भाइरस (कोभिड १९) बाट संसारमै सबैभन्दा संक्रमित भएका छन् । इटाली, चीन स्पेनजस्ता बढी संक्रमित देशलाई उछिन्दै अमेरिका पहिलो भएको हो ।
शनिबारसम्ममा अमेरिका एक लाख ४ हजारभन्दा बढी मानिस कोराना भाइरसबाट संक्रमित भएका छन् । १७ सयभन्दा बढीको त मृत्यु नै भैसकेको छ ।
अमेरिकामा भाइरसको संक्रमण तीब्र गतिमा फैलिरहँदा ट्रम्प प्रशासनले लिएका नीतिको आलोचना पनि भइरहेको छ । विश्वभर ज्यान गुमाउनेको संख्या साँढे २७ हजार नाघ्दा संक्रमितको संख्या ६ लाख काटेको छ ।
भाइरस बुलेट ट्रेनको गतिमा फैलन थालेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कार निर्माता कम्पनी जनरल मोटसलाई भेन्टिलेटर बनाउन आदेश दिएका छन् । उनले कोरियाली युद्धको समयको डिफेन्स प्रोटेक्शन एक्टसमेत लगाएका छन् ।
ट्रम्पले जनरल मोटरले समय बर्बाद गरिरहेको र अमेरिकी नागरिकको ज्यान बचाउन तत्काल काम गर्नुपरेको पनि बताएका छन् । जनरल मोटरले भने अप्रिलदेखि प्रत्येक महिना १० हजार भेन्टिलेटर बनाउन सक्ने बताएको छ ।
शुरुमा चिनियाँ भाइरस भन्दै गिजाइरहेका ट्रम्पले भाइरसले गाँज्दै लगेपछि चिनियाँ समकक्षी सी चिनफिङसँग पनि वार्ता गर्दै कोरोना नियन्त्रणमा गरेको कामको सम्मान गरेको छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्