 
	    काठमाडौं, चैत्र १५ । बेलायतमा २४ घन्टाको अन्तरालमा कोरोना भाइरसले एकै परिवारका बाबुछोरीको ज्यान लिएको छ ।
कोभिड–१९ संक्रमित बाबुको बुधबार र छोरीको त्यसको भोलिपल्ट मृत्यु भएको बेलायतबाट प्रकाशित समाचारमा उल्लेख छ ।
लण्डनको हिथ्रो विमानस्थलको टर्मिनल ३ मा काम गर्ने ६१ वर्षीय आप्रवासी कामदार सुधीर शर्माको मृत्यु भएको २४ घन्टाभित्रै ३३ वर्षीया छोरीको पनि भाइरसकै कारण ज्यान गएको खबरमा उल्लेख छ ।
डेली मेल यूकेकाअनुसार मृतक सुधीर शर्माकी छोरी पूजा फर्मासिस्टका रुपमा कार्यरत थिइन् ।
७ जनवरीमा अन्तिमपटक उनी काममा आएकाले ड्युटीको क्रममा उनलाई कोरोना भाइरसको संक्रमण नभएको बताउँदै अधिकारीहरुले उनलाई बाहिरैबाट संक्रमण भएको बताएका छन् ।
आइसोलेशनमा बस्नुपर्ने भएकाले उनको अन्त्येष्टिमा उनकी पत्नी सहभागी हुन नपाउने जनाइएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्