Logo १३ फाल्गुन २०८२, बुधबार | Thu Feb 26 2026


रुसकाे आक्रमणमा परी पाँच युक्रेनीकाे मृत्यु, १३ घाइते


273
Shares

काठमाडौं । रुसकाे आक्रमणमा परी पाँच युक्रेनीकाे नागरिककाे मृत्यु भएकाे छ । साथै १३ जना घाइते भएका छन ।

रुसले युक्रेनका विभिन्न शहरमा बम तथा रकेट आक्रमणलाई तीब्र पारेको छ । खार्किभ शहरमा गरिएको पछिल्लो आक्रमणमा ५ जना युक्रेनी नागरिकको मृत्यु समेत भएको छ । जसमा १३ जना घाइते भएका छन् । रुसी सेनाले खार्किभ लगाएत ओडेसाको बन्दरगाह नजिक माइकोलाइभ शहरमा रकेट प्रहार गर्दा दर्जनौं भवनहरु ध्वस्त भएका छन् ।

रुस र युक्रेनबीच युद्ध जारी भएकाे आज (सोमबार) ५४ दिन पूरा भएको छ । तर पनि युद्ध भने जारी रहेकाे छ । यता मारियुपाेल शहरमा रहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न रुसले दिएको समयसीमाको युक्रेनी सेनाले वेवास्ता गरेको छ।

युक्रेनका प्रधानमन्त्री डेनिस शमीह्यालले मारियुपाेल शहरमा आफ्ना सेनाले अझै पनि रुसी सेनाको प्रतिकार गरिरहेको भन्दै अन्तिम समय सम्म पनि आफूहरुपछि नहट्ने बताएका छन् । रुसले भने घेराबन्दीमा पारेको उक्त शहरमा आज (सोमबार) बाट नाकाबन्दी लगाउने चेतावनी दिएको छ ।

युक्रेनका राष्ट्रपति भोलाेदिमीर जेलेन्स्कीले रुससँगको युद्धको प्रतिकार गर्न आफ्ना सेना तयार रहेको भन्दै युक्रेनका पूर्वी भू–भाग कुनै पनि हालतमा नछोड्न दावी गरेका हुन् ।