 
	    एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड १९ को महामारीविरुद्ध जुध्न २० खर्ब डलरको आर्थिक राहत प्याकेजमा हस्ताक्षर गरेका छन् ।
कोरोनाबाट उत्पन्न आर्थिक संकट निस्तेज पार्न ल्याइएको विधेयक कंग्रेसबाट पारित भएपछि ट्रम्पले हस्ताक्षर गरेका हुन् ।
अमेरिकी इतिहासकै यो सर्वाधिक ठूलो राहत प्याकेज हो । विधेयक अनुमोदन गर्ने क्रममा रिपब्लिकन र डेमोक्रयाट्कि एकमत भएका थिए ।
केही दिनको विवाद पछि गत बुधबार कंग्रेसको माथिल्लो सदन सिनेटले शून्यका विरुद्व ९६ मतसहित विधेयक पास गरेको थियो ।
राष्ट्रपति ट्रम्पले सवारी साधान र त्यसका सामान उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी जनरल मोटर्सलाई भेन्टिलेटर उत्पादन गर्न आदेश दिएको छ ।
कोरोनाका कारण संक्रमित भएकाहरुका लागि आवश्यक पर्ने भेन्टिलेटरको अभाव भएका बेला ट्रम्पले यस्तो आदेश दिएका हुन् ।
यता अमेरिकामा अचानक बेरोजगारीको संख्या बढेको छ । ३० लाख व्यक्तिले बेरोजगारीको सूचीमा आफुलाई दर्ता गराएका छन् ।
यो तथ्यांकले अमेरिकी अर्थव्यस्था गहिरो संकटमा गइरहेको देखाएको छ । लकडाउनको आदेशले कारोेवारलाई अस्थायी बन्द मात्र नगरी लाखौं अमेरिकी बेरोजगार भएका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्