
तनहुँ । कुनै समय र्याफ्टिङका लागि पर्यटकले भरिभराउ हुने तनहुँको मादी र सेती नदी यतिखेर सुनसान बनेका छन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल लकडाउन भएपछि मादी र सेती नदी सुनसान बनेको हो ।
यी नदीहरुमा सिजनको समयमा दैनिक साठी सत्तरी जनाको संख्यामा स्वदेशी तथा विदेशी पर्यटक र्याफ्टिङ गर्न आउने गर्दछन् ।
त्यतिबेला नदीमा र्याफ्टिङ गर्नेको ठुलो भीड लाग्दथ्यो । अन्य नदीको तुलनामा सुरक्षित मानिएकाले पनि मादी र सेती नदीप्रति पर्यटकको आकर्षण बढ्दै गएको हो ।
तर पछिल्लो समय फैलिएको कोरोना भाइरसका कारण नेपालमा लकडाउन गरिएपछि नदीको चहलपहल हराएको छ ।
यसले गर्दा पर्यटनमा समेत असर परेको छ । विशेषगरी पोखरा घुमेर फर्किएका पर्यटकले चितवन जानको लागि मादी नदीलाई रोज्ने गर्दथे ।
पृथ्वी राजमार्गबाट दुई मिनेटमा नै यी नदीमा पुग्न सकिने भएकाले पनि यो ठाउँ र्याफ्टिङको लागि उनीहरुको रोजाइमा पर्ने गरेको हो ।
प्रतिक्रिया दिनुहोस्