
काठमाडौं, चैत १४ । सरकारले चैत महिनाको विद्युत् महसुलमा २० प्रतिशत छुट दिने भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको अध्यक्षतामा शुक्रबार बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले महसुल छुटका लागि मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
यो निर्णयबाट नेपाल विद्युत् प्राधिकरणका ३८ लाख घरायसी ग्राहकले १५० युनिटसम्म विद्युत् प्रयोगमा चैत महिनाभरको महसुलमा २० प्रतिशत छुट पाउने बताइएको छ ।
मन्त्रिपरिषद्बाट निर्णय भएपछि सञ्चालक समितिको यो निर्णय कार्यान्वयनमा आउनेछ ।
‘लकडाउन’का कारण खाना पकाउने ग्यासको अभाव देखिएकाले त्यसको विकल्पमा ‘इलेक्ट्रिक कुकिङ’लाई प्रोत्साहन गर्न सरकारले जनतालाई राहत दिन यो निर्णय गरिएको मन्त्री पुनले उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्