
काठमाडौं । बेलायती राजकुमार ह्यारीले युक्रेनको साथमा विश्व उभिएको बताएका छन ।
नेदरल्याण्ड्सकाे हेगमा एक खेलको उद्घाटन समारोहमा युक्रेनी खेलाडीलाई सम्बोधन गर्दै यस्ताे बताएका हुन् । युद्धग्रस्त युक्रेनप्रति बेलायत र आफ्नो ब्यक्तिगत साथ रहेको बताउदै विश्व उनीहरुकाे सहयोगका लागि एकीकृत भएको राजकुमार ह्यारीले बताएका छन ।
ह्यारीको सम्बोधन सुनेर युक्रेनी खेलाडीहरु भावुक समेत बनेका थिए । चोटग्रस्त भएर अंगभंग भएका सैन्य भेट्रान्सबीचको प्रतिस्पर्धात्मक खेलका लागि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनीलाई विशेष स्वीकृति दिएपछि युक्रेनी खेलाडीहरु नेदरल्याण्ड्स पुगेका थिए ।
रुस र युक्रेनबीचको युद्धमा बेलायतले आवश्यक सहयोग गर्ने बचन समेत बेलायती राजकुमार ह्यारीले दिएका छन ।
प्रतिक्रिया दिनुहोस्