
काठमाडौं, चैत १४ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनमा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।
आफूलाई कोरोनाभाइरस भएपछि ट्वीट गर्दै उनले आफू ‘आइसोलेसन’मा रहेको जनाएका छन् ।
यद्यपि, ‘भिडियो कन्फरेन्स’बाट सरकारी काम गर्ने जोन्सनले जनाएका छन् ।
शरीरको तापक्रम बढेको र खोकी लागेपछि चेकजाँचका लागि जाँदा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको उनले ट्वीटरमार्फत्जनाएका छन् ।
भाइरसविरुद्ध लड्न सबैको साथ आवश्यकता रहेको भन्दै प्रधानमन्त्री जोन्सनले सबैलाई घरभित्रै बस्न आग्रह गरेका छन् ।
यसअघि, बेलायती राजकुमार चाल्र्समासमेत भाइरसको संक्रमण देखिएको थियो ।
भाइरसको संक्रमण बढ्दै गएसँगै हाल बेलायतमा लकडाउन छ । ११ हजार ६०० भन्दा धेरैमा भाइरसको संक्रमण देखिँदा ५७६ भन्दा धेरैको मृत्यु भइसकेको छ । (एजेन्सी)
Over the last 24 hours I have developed mild symptoms and tested positive for coronavirus.
I am now self-isolating, but I will continue to lead the government’s response via video-conference as we fight this virus.
Together we will beat this. #StayHomeSaveLives pic.twitter.com/9Te6aFP0Ri
— Boris Johnson #StayHomeSaveLives (@BorisJohnson) March 27, 2020
प्रतिक्रिया दिनुहोस्