काठमाडौं, साउन २६ । तेस्रो धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगितामा पुरुषतर्फ अर्हान्त केशर सिन्हा र महिलातर्फ भावना सुनुवार च्याम्पियन बनेका छन् ।
ललितपुरको सातदोबाटोस्थित नेपाल स्क्वास र्याकेट्स संघको कोर्टमा शनिबार भएको फाइनल खेलमा अमृत थापामगरलाई ३–१ को सेटमा हराउँदै अर्हान्तले उपाधि जितेका हुन् ।
पूर्वराष्ट्रिय च्याम्पियन अमृतविरुद्धको खेल अर्हान्तले ११–७, ७–११, ११–८ र ११–६ को सेटमा जिते ।
महिलातर्फ कृष्णा थापामगरलाई ३–० को सोझो सेटमा हराउँदै भावना सुनवारले उपाधि जितिन् ।
कृष्णाविरुद्धको खेल भावनाले ११–५, ११–७ र ११–१ को सोझो सेटमा जितेकी हुन् ।
यसैगरी, प्रतियोगिताको जुनियर ब्वाइजतर्फ १९ वर्षमुनि विजय मगरलाई ३–० को सोझो सेटमा हराउँदै अमिर ब्लोनले उपाधि जिते ।
जुनियर ब्वाइजकै १५ वर्षमुनि सलिम थापामगरलाई २–० को सोझो सेटमा हराउँदै विकास मगरले उपाधि जिते ।
सोही उमेर समूहको गल्र्सतर्फ मुस्कान राउतलाई २–० को सेटमा हराउँदै सपना ब्लोनले उपाधि जितिन् ।
५० वर्षमाथिको मास्टर्स ओपनमा दिलिप अधिकारीलाई ११–६, ११–८ र ११–५ को सोझो सेटमा हराउँदै सुदिपबहादुर सिंहले उपाधि जिते ।
पुरुष प्लेट च्याम्पियनसिपतर्फ स्टिभ फ्रान्कोसलाई ३–१ को सेटमा हराउँदै अमिर ब्लोनले उपाधि हात पारे ।








प्रतिक्रिया दिनुहोस्