Logo २५ फाल्गुन २०८२, सोमबार | Tue Mar 10 2026


दैनिक ज्याला गरी गुजारा चलाउनेलाई खाद्यान्न वितरण


0
Shares

गलकोट, चैत १४ । कोभिड–१९ को सम्भावित जोखिमलाई रोकथाम गर्न लकडाउन भएपछि यहाँको कोठेखोला गाउँपालिकाले मजदुरलाई खाद्यन्न वितरण गर्न शुरुआत गरेको छ ।

दैनिक ज्याला गरी जीवन गुजारा चलाउदै आएका  मजदुरका लागि सो गाउँपालिकाले चामल, दाल तथा नुन वितरण गर्न थालेको हो ।

गाउँपालिकाले पहिलो चरणमा वडा नम्बर २ भीमापोखराका १३ परिवारलाई ती खाद्यन्न वितरण गरेको वडा अध्यक्ष बिद्यापति शर्माले जानकारी दिए ।

कोरोना भाइरसले  ल्याएको जोखिमलाई सामना गर्न  लकडाउन गरिएको र दैनिक कामकाज ठप्प भएको परिस्थितिमा तत्कालका लागि प्रति परिवार २५ किलोको चामल, ३ केजी दाल र दुई पोका नुन राहत स्वरुप प्रदान गरिएको वडा अध्यक्ष बिद्यापति शर्माले उनले बताए ।

गाउँपालिका भित्र झण्डै एक सय भन्दा बढी परिवारको रोजगारी गुमेको अनुमान गरेको छ । गाउँपालिकाले सबै वडाका अध्यक्ष मार्फत् दैनिक ज्यालामा मजदुरी गरेर जीवन गुजारा गर्नेको तथ्याङ्क सङ्कलन गर्नेक्रम जारी रहेको र उनीलाई लकडाउनका कारण दैनिक गुजारामा समस्या नहोस् भन्ने अभिप्रायले खाद्यान्न सामग्री प्रदान गरिएको काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले बताए ।

“लकडाउनका कारण दैनिक जीवनयापनमा समस्या परेकाको वडा स्तरवाट तथ्याङक सङ्कलन गरी आउने क्रम जारी छ” उनले भने, “यथार्थ तथ्याङ्कका आधारमा लकडाउन अवधिमा दैनिक ज्याला गुमेकालाई जीवन गुजाराका लागि राहत प्रदान गर्नेछौं ।” गाउँपालिकाले क्रमशः तथ्याङ्क उपलब्ध गराउने ८ वटै वडामै पुगेर चामल दाल र नुन उपलब्ध गराउनेछ । रासस