
काठमाडौं, चैत १४ । लकडाउनका कारण अस्पतालको आकस्मिक कक्षमा समेत बिरामीको चाप कम हुँदै गएको छ ।
सरकारले आकस्मिक बाहेकका अन्य सेवा बन्द गराउन निर्देशन दिएसँगै अस्पताल आउने बिरामीको संख्या समेत कम हुदै गएको हो ।
आकस्मिक कक्षमा समेत दिनहु ४०–५० जना बिरामी आउने गरेका अस्पतालहरुले जनाएका छन् । यस्तै हाल अस्पतालहरुले चिकित्सकीय परामर्श आवश्यक भएकाहरुलाई फोनबाट नै सेवा दिने व्यवस्था समेत मिलाएको छ ।
जसमा चिकित्सकहरुले हट लाइन नम्बरबाट नै बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिने गरेका छन् । वीर, त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पतालले हटलाइन नम्बरमार्फत बिरामीको उपचार गरेका छन् ।
मधुमेह, उच्च रक्तचाप वा कुनै रोगको औषधी खाइरहेका व्यक्तिहरुले बढी फोन आउने गरेको त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. प्रेम खड्गाले बताए ।
अस्पतालका आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द नै छन् आवश्यक परे बिरामीले चिकित्सलाई फोन गरेर सेवा लिन सक्ने व्यवस्था मिलाइएको डाक्टर खड्गाले बताए ।
यस्तै वीर अस्पताले पनि २४ विभागका चिकित्सक र नर्शहरुको नाम र नम्बर नै प्रकाशन गरेर स्वास्थ्यमा कुनै समस्या देखियो भने फोन गर्न आग्रह गरेको छ । यस्तै पाटन अस्पतालले पनि यो सेवा सुरु गराउने अस्पतालले जनाएको छ ।
यस्तै मिड वाइफ सोसाइटीले समेत गर्भवती महिलाको स्वास्थ्य समस्या वा आवश्यक परामर्श लिन सक्ने व्यवस्था मिलाउको छ ।
प्रतिक्रिया दिनुहोस्