
कञ्चनपुर । कोरोना भाइरसको त्रासलाई मध्यनजर गर्दै कञ्चनपुरमा स्थानीय तहहरुले १ सय ४० बेडको आइसोलेसन वार्ड तयार गरेका छन् ।
सबैभन्दा बढी भीमदत्त नगरपालिकाले महेन्द्रनगरम एक सय बेडको आइसोलेसन वार्ड तयार गरेको छ ।
यस्तै बेल्डाँडी गाउपालिकाले १९, शुक्लाफाँटा नगरपालिकाले १० र बेदकोटले ६ बेडको आइसोलेसन वार्ड तयार गरेका छन् ।
यसैगरी महाकाली अस्पतालमा ६ बेडको आइसोलेसन तयार भइसकेको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।
हालका लागि महेन्द्रनगरस्थित सिएमए-अनमी तालिम केन्द्रको भवनमा एक सय बेडको आइसोलेसन तयार गरिएको भिमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताए ।
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय तहहरुले धमाधम क्वारेन्टाइन निर्माण सुरु गरेका छन् ।
उनीहरुले शंकास्पद व्यक्तिलाई राख्नका लागि भन्दै प्रत्येका स्थानीय तहमा कम्तीमा २५ वेडसम्मको क्वारेन्टाइन निर्माणको काम सुरु गरेका हुन् ।
यसअघि, जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा क्वारेन्टाइन अनिर्वाय रुपमा निर्माण गर्नुपर्ने निर्णय गरेसँगै पुनर्वास नगरपालिका बाहेक अन्य स्थानीय तहले धमाधम क्वारेन्टाइन निर्माणको काम सुरु गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्