 
	    एजेन्सी, चैत्र १३ । अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक हजार नाघेको छ ।
कोभिड–१९ बाट ६९ हजारभन्दा बढी मानिस संक्रमित भैसकेका छन् । सबैभन्दा बढी मानिस न्यूयोर्क राज्यमा संक्रमित भएका छन् ।
यहाँ भाइरस बुलेट ट्रेनको गतिमा संक्रमण भइरहेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
चीनको वुहानबाट फैलिएको कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिँदा अहिलेसम्म विश्वमा २२ हजार १८० जनाको मृत्यु भइसकेको छ । 
झण्डै ५ लाखको संख्यामा संक्रमित हुन पुगेका छन् । चीन र इटालीपछि अमेरिका सबैभन्दा बढी संक्रमित हुने देश हुन पुगेको छ ।
भाइरस हावासरी फैलँदा यसको नियन्त्रणका लागि राष्ट्रपति डोनाल्ड ट्रम्प गम्भीर नबनेका आरोप पनि लागिरहेको छ । ट्रम्पले कोरोना भाइरसलाई चिनियाँ भाइरस भन्दै उडाउने गरेका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्