स्वीडेन र फिनल्याण्डलाई नेटोमा संलग्न नहुन रुसको चेतावनी « Imagekhabar – Online News Portal of Nepal


स्वीडेन र फिनल्याण्डलाई नेटोमा संलग्न नहुन रुसको चेतावनी


5.07k
Shares

काठमाडौं । रुसले स्वीडेन र फिनल्याण्ड अमेरिकी नेतृत्वको सैन्य गठबन्धन नेटोमा संलग्न भए बाल्टिक क्षेत्रमा आणविक हतियार पठाउने चेतावनी दिएको छ ।

स्वेडेन र फिनल्याण्डले छिट्टै नेटोमा जोडिने निर्णय गर्ने बताईरहेको बेला रुसको सुरक्षा परिषद्का उपाध्यक्ष समेत रहेका पूर्व राष्ट्रपति दिमित्री मेदभेदेवले यस्तो चेतावनी दिएका हुन् । स्वीडेन र फिनल्याण्ड नेटो सदस्य बनेमा रुसले आणविक हतियार र हाईपरसोनिक मिसाइलहरु बाल्टिक क्षेत्रमा तैनाथ गर्ने भन्दै मेदभेदेवले त्यसपछि आणविक मुक्त बाल्टिक क्षेत्रको विषयमा वार्तासमेत नहुने बताएका छन ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकट सहयोगी समेत रहेका मेदभेदेवले स्वीडेन र फिनल्याण्डलाई आफ्नै आँगनमा आणविक हतियारको भारी देखेन बाँच्ने अवस्था नल्याउन पनि चेतावनी दिएका हुन् । रुसले आफ्नो भूमि रक्षाका लागि आणविक हतियार र हाइपरसोनिक मिसाइल सहित आफ्नो जल तथा हवाई सेनालाई बाल्टिक क्षेत्रमा तैनाथ गर्ने चेतावनी पनि उनले दिएका छन ।

फिनल्याण्डको रुससँग १३ सय किलोमिटर सीमा जोडिएको छ ।