Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


प्रदेश १ का विभिन्न क्वारेन्टाइनमा १ सय २ जना र १० जना आइसोलेसनमा


0
Shares

विराटनगर । कोरोना भाइरस संक्रमणको आशंकामा प्रदेशका बिभिन्न जिल्लामा रहेका क्वारेन्टाइनमा १ सय २ जनालाई राखिएको छ ।

१० जनाको आइसोलेसनमा उपचार भईरहेको छ । सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य महाशाखाका प्रमुख डा. सुरेश मेहताले ७८ जना होम क्वारेन्टाइनमा रहेका जानकारी दिए ।

प्रदेश १ का प्रायः सबै जिल्लामा आइसोलेसन र क्वारेन्टाइन निर्माण गरिएकाले उनिहरुको स्वास्थ्य परीक्षण गर्न सहज भएको जनस्वास्थ्य महाशाखाका प्रमुख मेहताले बताए । उनले प्रदेश एकमा २ हजार ४०८ क्षमताको क्वारेन्टाईनस्थल निर्माण भएको बताए ।

नेपाली सेनाले सबैभन्दा बढी क्षमतको मोरङ्गको टाँडीमा चारसय बढी क्षमतको क्वारेन्टाइनस्थल निर्माण गरिएको छ । त्यसैगरी झापा र सुनसरीमा पनि सेनाले क्वारेन्टाइनस्थलको निर्माण गरी तयारी हालतमा राखेको छ ।

प्रदेश सरकार र स्थानीय सरकार विभिन्न जिल्लामा तथा स्थानीय पालिकामा क्वारेन्टाइन स्थल निर्माण गरेको जानकारी दिए ।

त्यसैगरी प्रदेश भित्र ठूला अस्पताल र जिल्ला अस्पतालमा गरी १ सय ७४ शैय्याको आइसोलेसन वार्ड तयार भएको छ ।

उनले विराटनरको कोशी अस्पतालमा दुईजना, धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ७ जना र मेचीनगर अस्पतालमा एकजना राखिएको बताए ।

त्यसैगरी धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले हालसम्म २० जना शंकास्पदको थ्रोट स्वाब परीक्षणका लागि काठमाडौँ पठाएको जनाएको छ।

वीपीका सहप्रवक्ता डा. अशोक ऐरका अनुसार यहाँबाट १६ जना र अन्यस्थानबाट चारजनाको नमूना परीक्षणका लागि काठमाडौँ पठाइएको हो।