 
	    एजेन्सी, चैत्र १३ । विश्वव्यापी महामारी बनेको कोरोना भाइरसले विश्वका २१ हजारभन्दा बढी मानिसको मृत्यु भैसकेको छ । सबैभन्दा बढी मानिसको मृत्यु इटालीमा भएको छ ।
त्यहाँ कोरोना भाइरसको संक्रमणका कारण ७ हजार ५०३ जनाको मृत्यु हुँदा ५० जनाभन्दा बढी इसाई धर्मका पादरीको पनि निधन भएको सरकारी अधिकारीले बताएका छन् ।
कोरोनाका कारण मृत्यु हुनेमा लोवेरे बेर्गोमोस्थित चर्चका पादरी ७२ वर्षे जुसेप्पे बेरार्देली पनि छन् । बेर्गोमो कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित शहरमा पर्छ । फादर जुसेप्पेको मार्चको सुरुमा निधन भएको हो ।
भाइरसबाट पोपकै मृत्यु हुन थालेपछि सबजसो गिर्जाहरु बन्द गरिएका छन् ।
कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित इटालीमा करिब ७५ हजारमा संक्रमण देखिएको छ । करिब १० हजार जनामा निको भएको छ भने अरुले एकान्तवासमा रहेर उपचार गराइरहेका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्