४ असार २०८२, बुधबार | Thu Jun 19 2025


सिईओ श्रेष्ठ उत्कृष्ट व्यवस्थापन पुरस्कारबाट सम्मानित


286
Shares

काठमाडौं । नेपाल व्यवस्थापन संघ (म्यान)ले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठलाई ‘उत्कृष्ट व्यवस्थापन पुरस्कार २०२२’ बाट सम्मानित गरेको छ ।

सम्मानित भएपछि प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सम्मानले आफूलाई थप हौसला प्राप्त भएको भन्दै आगामी दिनमा कम्पनीले प्रदान गर्ने सेवालाई अझै परिस्कृत गर्दै सहज र सरल रूपमा सेवा प्रदान गर्ने बताउनुभयाे ।

उहाँले आगामी दिनमा आइएमई जनरल इन्स्योरेन्सलाई नेपालको निर्जीवन बीमा क्षेत्रमा अग्रणी बीमा कम्पनीको रूपमा स्थापित गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।