
रसुवा, चैत १२ । कतार एयरवेजबाट नेपाल फर्किएका रसुवाका दुई जनालाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ ।
लामो समयदेखि जर्मनीमा बस्दै आएका उनीहरूलाई क्वारेन्टाईनमा राखिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले उनीहरूलाई काठमाडौंमा सेल्फ क्वारेन्टाइनमा राखिएको बताए ।
उनीहरू रसुवा आएका छैनन उनीहरू सँग निरन्तर सम्पर्क भइरहेको प्रमुख जिल्ला अधिकराी भण्डारीले जानकारी दिए । उनीहरु यहि चैत्र ४ गते कतार एयरवेजबाट नेपाल आएका थिए ।
प्रतिक्रिया दिनुहोस्