Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


भ्रम नहोस्, वामपन्थी सिंगल एमाले हो : केपी ओली


247
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी भनेको नेकपा एमाले मात्र भएको दाबी गर्नुभएको छ ।

मंगलबार ललितपुरको सानो गाउँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले नेकपा एमाले सिंगल बामपन्थी भएको बताउनुभयो ।

‘भ्रम नहोस् वामपन्थी भनेको सिंगल एमाले हो, कांग्रेसको पछाडि–पछाडि लाग्ने कसरी वामपन्थी हुन्छन् ? उनीहरू त कांग्रेसपन्थी हुन्,’ उहाँले भन्नुभयो, ‘एमाले वामपन्थी हो, वामपन्थीको बर्को ओढेका कांग्रेसपन्थी हुन्, हामी कोही झुक्किनु पर्ने अवस्था छैन ।’

माओवादी केन्द्रको भाँडो रित्तो भइसकेको अध्यक्ष ओलीको टिप्पणी छ ।

‘माओवादी कुनै पार्टी रहेन, केन्द्र रह्यो, केन्द्र छ, अरु केही छैन,’ उहाँले थप्नुभयो, ‘माओवादीको भाँडो रित्तिसक्यो, बिर्को मात्र छ, त्यही बिर्कोलाई उनीहरूले केन्द्र भनेका छन्, दुई चार जना नेता छन्, अधिकांशले छोडिसके ।’

माधवकुमार नेपाल गुट र माओवादी कांग्रेसको जिउमा बसेको झिँगा धपाउने राम्रो झुक्का भएका चौरीको पुच्छर जस्तो मात्र भएको ओलीको भनाइ छ ।