२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


भारतबाट धादिङ आएका २५ जना क्वारेन्टाइनमा


0
Shares

धादिङ, चैत १२ । धादिङमा भारतबाट फर्किएका २५ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

जिल्लाको गल्छी गाउँपालिका ६ बैरेनीमा १६ र निलकण्ठ नगरपालिका–३ का ९ जनालाई क्वारेन्टाइनमा राखिएको हो ।

रोजगारीको क्रममा भारतबाट फर्किएका १६ जना युवामध्ये एक जनालाई ज्वरो आएपछि सबैजनालाई क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठले जानकारी दिए ।

गाउँपालिकाले बागेश्वरी माध्यामिक विद्यालयमा २५ शैयाको क्वारेन्टाइन कक्ष निर्माण गरेको छ । निलकण्ठ नगरपालिकाले भारतबाट आएका ९ जनालाई क्वारेन्टाइमा राखेको छ ।

उनीहरुलाई जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षणपश्चात धादिङ्बेसीस्थित डिभिजन वन कार्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ ।

धादिङबेसिस्थित वन कार्यालय भवनमा २५ शैया र टुँडिखेलमा ४० शैयाको क्वारेन्टाइन कक्ष निर्माण गरिएको छ ।