१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


नेपाली बजारमा सुनकाे आयात शून्य


12.662k
Shares

काठमाडौं । नेपाली बजारमा सुन आयात अहिले शून्य भएको छ ।

नेपाल राष्ट्र बैंकले अत्यावश्यक बाहेक विलासी वस्तुको आयात रोक्न निर्देशन दिएसँगै बैंकहरुमार्फत हेर्न सुन आयात शून्यमा झरेको हो । बजारमा तरलताको कमी र राज्यको ढुकुटीमा विदेशी मुद्रा (डलर ) को संचिति कम हुँदै गएको भन्दै गाडीदेखि सुनसम्मका विलासी वस्तु आयात गर्न राष्ट्र बैंकले प्रतिबन्ध लगाएको थियो ।

राष्ट्र बैंकले यसअघि पनि समय समयमा राष्ट्रको ढुकुटीमा डलरको संचिति कम भएको भन्दै सुन आयातमा कमी गर्ने गरेको थियो ।

सुन आयात रोकिंदा बजारमा हाहाकार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बताउनुभएकाे छ ।