Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


भरतपुरको मेयरमा कांग्रेसबाटै २५ जना आकांक्षी (सूचीसहित)


1.1k
Shares

भरतपुर । आगामी स्थानीय चुनाव २०७९ का लागि सर्वाधिक चर्चा बटुलिरहेको चितवनको भरतपुरमा मेयरका लागि कांग्रेसबाट २५ जनाले र उपमेयरका लागि २४ जनाले नाम दर्ता गराएका छन् ।

नेपाली कांग्रेस भरतपुर महानगर समिति सचिव प्रनिशा गुरुङका अनुसार आइतबार र सोमबार आकांक्षीहरूलाई नाम दर्ता गर्न समय दिइएको थियो ।

मेयर पदका लागि पार्टीका केन्द्रीय सदस्य दिनेश कोइराला, निवर्तमान जिल्ला सचिव उत्तम जोशी, पूर्व सांसद जगन्नाथ पौडेल, महानगर सभापति चित्रसेन अधिकारी, भरत अधिकारी, शंकर कँडेल, तारानाथ पौडेल, रामप्रसाद अधिकारी, विजय शर्मा भुसाल, बर्तमान उप–मेयर पार्वती शाह ठकुरी रहेका छन् ।

यस्तै, दीर्घमान श्रेष्ठ, निलकण्ठ रिजाल, गौरीकुमारी श्रेष्ठ, मिना कुमारी खरेल, सुबोध प्रधान, शम्भुप्रसाद अर्याल, भरत गुरुङ, मिलनबाबू श्रेष्ठ, प्रकाश अधिकारी, प्रा.डा. केशवभक्त सापकोटा, टेकप्रसाद गुरुङ, राजेन्द्र डोटेल, डा. सुर्यकान्त घिमिरे, हिरामणि अधिकारी र घनश्याम दवाडीले पनि नाम दर्ता गराउनुभएको छ ।

त्यस्तै, उप–मेयर पदका लागि टंकनाथ पौडेल, तारा गुरुङ, बुद्धिकान्त न्यौपाने, लक्ष्मी लामिछाने, नीरु कार्की, कल्पना पौडेल, देवेन्द्र गुरुङ, पूर्ण बहादुर गुरुङ, राजिब न्यौपाने, बिरेन्द्र केसी, भुपतिदास सापकोटा, केदारनाथ बराल, रबिभद्र शर्मा खनाल, निर्मलराज पौडेलले नाम दर्ता गराएका छन् ।

त्यसैगरी, सुरबिर पोख्रेल, महेन्द्र श्रेष्ठ, एलिसा अधिकारी, सूर्यनाथ अधिकारी, गिता गुरुङ, बिनु रायमाझी पौडेल, बिजय घले, गौरा खरेल अधिकारी, भोजराज कौडाल र बिदुर केसीले पनि दाबी पेश गरेका छन् ।

आइतबार बिहान ११ बजेदेखि मनोनयन दर्ता सुरू भएर सोमबार अपरान्ह चार बजे सकिएको महानगर प्रवक्ता ईश्वर प्रभाकार श्रेष्ठले बताउनुभयो । नेपाली कांग्रेसको केन्द्रीय निर्देशन र चितवन जिल्लाको परिपत्रअनुसार भरतपुर महानगरपालिकाको महानगर प्रमुख र उप–प्रमुख पदको लागि मनोनयन दर्ता गरिएको हो ।

आकांक्षीहरूको नामावली आएसँगै अब छलफल तीव्र बनाउने र वस्तुस्थितिको आँकलन गर्ने कांग्रेस चितवनले जनाएको छ । गठबन्धन गरेरै चुनावमा जाने यसअघि निर्णय भइसक्दा मेयर पद कुन पार्टीले पाउने निश्चित भएको छैन ।

भरतपुरको मेयर पद कांग्रेसले पाउनुपर्ने मागसहित जिल्लाका नेताहरू पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतको भेटलाई तीव्र बनाइरहेका छन् ।