
काठमाडौं । राष्ट्रियसभा सदस्यमा मनोनीत नारायणप्रसाद दाहालको शपथग्रहण मंगलबार हुने भएको छ ।
संसद्को दिगो विकास तथा सुशासन समितिको कार्यकक्षमा बिहान ११ बजे शपथग्रहण हुने भएको हो ।
दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइ हुन् । पूर्व राष्ट्रियसभा सदस्य रामनारायण बिडारीको स्थानमा उनको मनोनयन भएको हो ।
मन्त्रिपरिषद् बैठकको सिफारिसको आधारमा २५ चैतमा राष्ट्रपति विदादेवी भण्डारीले दाहाललाई मनोनयन गर्नुभएको थियो ।
बिडारीसहित २० जना राष्ट्रिय सभा सदस्यको १२ माघमा चार वर्षे कार्यकाल पूरा भएको थियो ।
१९ जनाको स्थानमा निर्वाचन भएको र १८ जना पाँच दलीय गठबन्धनको र एकजना एमालेबाट निर्वाचित भइसकेका छन् ।
उनीहरूले यसअघि नै सपथ ग्रहण गरिसकेका छन् । तर, बिडारीको स्थानमा भने मनोनीत हुन बाँकी थियो । सोही स्थानमा दाहाल मनोनीत हुनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्