२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


उदयपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या, कैलालीमा श्रीमतीद्वारा श्रीमानको हत्या


11.765k
Shares

काठमाडौं । उदयपुरमा ३८ वर्षीया श्रीमती नानुमाया दाहालको हत्या गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कटारी नगरपालिका–५ सिसाघारी बस्ने ४२ वर्षीय पोष्टराज दाहाल छन् । उनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पोष्टराजले बसिरहेको अवस्थामा चिर्पटले प्रहार गर्दा नानुमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस्तै, कैलालीमा ४४ वर्षीय श्रीमान् नारायण बुढामगरको हत्याको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने महिलामा मोहन्याल गाउँपालिका–१ राक्सा बस्ने ३३ वर्षीया थुमा थापामगर रहेकी छन् । उनलाई गएराति प्रहरीले नियन्त्रणमा लिएको हो ।

घरायसी विवादको क्रममा हसियाले प्रहार गरी नारायणको हत्या पश्चात आफै ईलाका प्रहरी कार्यालय पण्डौनमा आएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।