काठमाडौं, चैत्र १२ । अमेरिकाले कोरोना भाइरसका कारण थलिएको आर्थिक क्षेत्रको उद्धारका लागि २० खर्ब डलरको आर्थिक सहायता प्याकेज ल्याएको छ ।
कोरोना भाइरस (कोभिड–१९)को महामारीबाट समस्यामा परेको आर्थिक क्षेत्रलाई सहायता दिन २० खर्ब डलरको सहायता कोष बनाउन अमेरिकी संसदमा सहमति जुटेको हो ।
सत्तारुढ रिपब्लिकन र विपक्षी डेमोक्रेटबीच निकै चरणको वार्तापछि अमेरिकी माथिल्लो सदन सिनेटमा सहायता प्याकेजमा सहमति बनेको सिनेटर मिट्च मककोनेललाई उधृत गर्दै अमेरिकी समाचार संस्था सिएनएनले जनाएको छ ।
प्याकेजमा अमेरिकी नागरिकलाई प्रत्यक्ष भुक्तानी, साना व्यवसाय, बेरोजगार राहत र हवाई सेवा प्रदायकलाई वित्तीय सहयोग योजना छन् ।
कोरोना भाइरसको कारण अमेरिका सबैजसो शहर बन्द छन् भने बेरोजगारी ३० प्रतिशतसम्म पुग्नसक्ने अनुमान छ ।
२० खर्बको यो आर्थिक सहायता प्याकेज अमेरिकाले ल्याउन लागेको अहिलेसम्मकै ठूलो आर्थिक सहायता कार्यक्रम हो । यो सहायता प्याकेज अमेरिकामा एक वर्षमा उठ्ने कूल राजस्वको आधाभन्दा बढी हो ।
अमेरिका कोरोना भाइरसबाट तेस्रो सबैभन्दा प्रभावित मुलुक हो । अमेरिकामा यो भाइरसबाट संक्रमित हुनेको संख्या ५४ हजार ८८१ पुगेको छ भने ७८२ जनाले ज्यान गुमाइसकेका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्