२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


कोरोना भाइरसविरुद्ध लड्न फुटबल प्रशिक्षक ग्वार्डिओलाबाट एक मिलियन युरो सहयोग


0
Shares

एजेन्सी । स्पेनिस फुटबल प्रशिक्षक पेप ग्वार्डिओलाले कोरोना भाइरसबिरुद्ध लड्न १ मिलियन युरो सहयोग गरेका छन् ।

इंग्लीश फुटबल क्लब म्यान्चेष्टर सिटीका प्रशिक्षक ग्वार्डीओलाले कोरोनाविरुद्ध लड्न स्पेन सरकारलाई यो सहयोग गरेका हुन् ।

हाल उनी बार्सिलोनास्थित आफ्नो निवासमा रहेका छन् । स्पेनिस शहर बार्सिलोना कोरोना भाइरसबाट अत्यन्तै प्रभावित शहरहरुमध्ये एक हो ।

ग्वार्डीओलाले यो रकम बार्सिलोनाको मेडिकल कलेज र डेनियल फाउन्डेसनद्वारा सञ्चालित अभियानमा जाने बताएका छन् ।

सहयोग रकम अस्पतालमा भर्ना भएकाको उपचारमा संलग्न अस्पतालका कर्मचारीको लागि मेडिकल उपकरण र सुरक्षा सामग्री खरीदमा खर्च गरिनेछ ।