
काठमाडौं । काठमाडौं उपत्यकामा सयौं तेस्रो लिंगी शरीर बिक्रीका लागि खडा भएका छन । के तपाईंलाई लाग्छ-गरीब, निमुखा र अपहेलित वर्ग मात्रले यौन पेशा अँगाल्छ ? अहँ होइन, यो समाजमा सोखले शरीर बेच्नेहरु पनि छन् । शरीर बेच्ने पेशा अब महिलामा मात्र नभएर अब तेस्रो लिंगीहरुमा समेत विस्तार हुँदै गएको छ ।
उनको खास नाम हो-जमिन लामा । तेस्रोलिंगी समुदायमा भने उनी कोनिक नामले चिनिन्छन । विश्वविद्यालयबाट स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् । त्यतिमात्र कहाँ हो र, अन्तर्राष्ट्रिय बैंकमा प्रतिष्ठित जागिर खाएको पृष्ठभूमि छ ।
कहलिएका हजुरबाको नाति हुनुको सौभाग्य छ । मूलघर धुलिखेल भएपनि काठमाडौंको सम्पन्न कहलिएको परिवारसँगको साइनो भएर के गर्नु , नाम अगाडि यौन व्यवसायीको फुर्को जोडिएको छ । कहरले नभई रहरले यस्तो पेशामा रमाउनुको उत्तर उनीसंग छैन । घर र बंगला छोडेर नयाँ बजारमा कोठा भाडामा बसेका छन् ।
जब झम्के साँझ पर्न थाल्छ तब आफूलाई सिंगारेर तयार राख्नु उनको नित्य कर्मभित्र पर्छ । कहिले केटा त कहिले केटीको भेषमा काठमाडौंका कुनै पनि गल्लीमा जमिनसँग जम्काभेट भयो भने आश्चर्य नमाने हुन्छ । हिजो जस्तो लाग्छ तर यो दैनिकी अंगालेको १२ वर्ष भइसकेछ । जनस्तर र प्रहरीले आफूहरुलाई हेर्ने नजरप्रति भने यो समुदायको ठूलो चित्त दुखाई रहेछ ।
सुख, सुविधा, ऐस, आराम सबैको पूर्णता हुँदाहुँदै पनि जमिन सामाजिक मर्यादा नभएको पेशामा किन लागे त ? उनी रहरले आफूलाई डोर्याएको ठान्छन् । बाहिर हेर्दा पुरुष तर आफूलाई महिलाजन्य गतिविधिले आकर्षित गर्ने गरेकाले स्वभावमा परिवर्तन आउँदा सामाजिक मर्यादाको मोह टुटाएर एकांकी जीवन बाँच्नु परेको बाध्यता उनीहरु सुनाउँछन् । यही कारण परिवारमा नअटाएको दुखेसो छ ।
अहिले चाहिँ जमिनको परिवारसँग भेट हुनथालेको छ । परिवार भेटन केटाको भेषमा जान मन पराउँदा रहेछन् । यद्यपि उनको रुचिप्रति परिवारका सदस्यको तीब्र असन्तुष्टि छँदैछ । आफ्नो मन रमाउन्जेल यो पेशालाई निरन्तरता दिने उनको इच्छा छ ।
समाज र प्रहरी प्रशासनले आफूहरुलाई सम्मानित नजरले हेरिदिए हुन्थ्यो भन्ने अन्तरइच्छा रहेको भावना व्यक्त गर्न बारम्बार उनीहरु चुक्दैनन् ।
प्रतिक्रिया दिनुहोस्