 
	    एजेन्सी । कोरोना भाइरसको संक्रमणका इटालीमा एकैदिन ७ सय ४३ को मृत्यु भएको छ ।
मंगलबारमात्रै इटलीमा ७ सय ४३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । यो संख्या सोमबारको मृतकको संख्या भन्दा १ सय ४१ ले बढी हो ।
मंगलबार अघि सोमबार र आइतबार कोरोना सक्रमणबाट मृत्यु हुनेको संख्या केही कम थियो । तर एक्कासि मंगलबार मृतकको संख्या बढ्न गएको हो ।
कोरोना भाइरसका कारण इटालीमा हालसम्म ६ हजार ८ सय २० जनाको मृत्यु भइसकेको छ ।
कोरोना भाइरसको संक्रमाण चीनबाट सुरु भएको भएपनि यसको संक्रमणबाट मृत्यु हुनेको संख्यामा इटली पहिलो भएको छ ।
संक्रमण रोक्नका लागि लामो समयदेखि इटाली लकडाउन छ तर पनि स्थिति नियन्त्रणमा आउन सकेको छैन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्