Logo ७ फाल्गुन २०८२, बिहिबार | Fri Feb 20 2026


भारतमा तीन साता लामो लकडाउन घोषणा, ‘कोरोना अर्थात कोही पनि रोडमा ननिस्कनु’


0
Shares

काठमाडौं, चैत्र ११ । भारतले तीन साता लामो लकडाउनको घोषणा गरेको छ ।

मंगलबार साँझ जनतालाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नदेन्द्र मोदीले देशभर तीन साता लामो लकडाउन घोषणा गरेका हुन् ।

२१ दिने लकडाउन मंगलबार मध्यरातबाट लागू हुने घोषणा गर्दै मोदीले भने, ‘म प्रधानमन्त्रीको रुपमा होइन, तपाईंका परिवारको सदस्यका रुपमा भनिरहेको छु । २१ दिनका लागि बिर्सिनुस् कि बाहिर निस्किँदा के हुन्छ । घरमै बस्नुस् र एकै काम गर्नुस् कि आफ्नो घरमै बस्नुस् ।’

सम्बोधनका क्रममा एउटा ब्यानर देखाउँदै भने, कोरोना अर्थात् ‘को–कोई रो–रोड पर ना–ना निकले’ अर्थात कोही पनि रोडमा ननिस्कनुस् ।’

स्वास्थ्य विज्ञहरुले कोरोना भाइरसको साइकल तोड्न कमसेकम २१ दिन महत्वपूर्ण हुने बताएको पनि उनले जानकारी दिए । स्वास्थ्यसम्बन्धी पूर्वाधार बलियो बनाउन केन्द्र सरकारले १५ हजार करोड रुपैयाँ छुट्याएको पनि उनले बताए ।

भारतमा संक्रमितको संख्या ५ सय नाघेको छ भने १० जनाको मृत्यु भइसकेको छ ।