२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


इलाममा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु


156
Shares

इलाम । जिल्लाको चुलाचुली गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

चुलाचुली गाउँपालिका–३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर थुकुङ राईको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

बिहान मर्निङ वाकमा निस्किएका उनलाई जङ्गली हात्तीले आक्रमण गरेको थियो ।

आक्रमणपछि उपचारका लागि झापाको दमकस्थित एड्भान्स अस्पताल भर्ना गरिएका राईको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जङ्गाबहादुर थापाले बताउनुभयो ।

घरबाट करिब दुई सय मिटर टाढा राईलाई हात्तीले आक्रमण गरेको हो ।