३० असार २०८२, सोमबार | Mon Jul 14 2025


चीनमा कोरोनाको उद्गमस्थल हुबेई प्रान्तको ‘लकडाउन’ खुकुलो हुँदै


0
Shares

काठमाडौं, चैत ११ । कोरोनाभाइरसको ‘इपिसेन्टर’ मानिएको चीनको हुबेई प्रान्तमा गरिएको ‘लकडाउन’ बुधबार (भोलि)देखि खुकुलो हुने भएको छ ।

‘कोभिड–१९’ को प्रकोप कम हुँदै गएको भन्दै चीनले वुहानबाहेक हुबेईका अन्य ठाउँमा लकडाउन हटाउन लागेको हो ।

हुबेईको प्रान्तीय सरकारले बुधबार रातिदेखि यातायात सञ्चालन गर्ने तयारी थालेको जनाएको छ ।

बुधबार रातिदेखि हुबेईभित्र र बाहिर यात्रा गर्न पाइनेछ । तर, यात्रा गर्नका लागि भने सबै नागरिकले ‘ग्रीन कोड’ लिनुपर्ने छ ।

वुहानमा भने अप्रिलको पहिलो सातादेखि लकडाउन हटाउने तयारी रहेको अधिकारीहरुले जनाएका छन् ।

त्यस्तै, ग्रेटवालका केही भाग पनि सर्वसाधारणका लागि खुला गरिएको छ । ग्रेटवालको बेई लिउ लोउदेखि नान वु लोउ बानसम्मको खन्ड सर्वसाधारणका लागि खुला गरिएको हो ।

गत डिसेम्बरमा हुबेईको वुहानबाट घातक कोभिड–१९ को संक्रमण सुरु भएपछि जनवरी २३ देखि पूर्णरुपमा लकडाउन गरिएको थियो ।

युरोप र अमेरिकामा संक्रमण फैलिइरहेका बेला चीनमा भने नियन्त्रणउन्मुख रहेको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । (एजेन्सी)