२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


अमेरिकी डलरको भाउमा उच्च वृद्धि


0
Shares

काठमाडौं, चैत ११ । विश्वव्यापीरुपमा कोरोनाभाइरसको संक्रमण बढिरहेको बेला नेपाली बजारमा अमेरिकी डलरको भाउमा वृद्धि भएको छ ।

नेपाली मुद्रा कमजोर भएपछि अमेरिकी डलरको मूल्यवृद्धि भएको हो ।

कोरोना प्रभाव विश्वव्यापीरुपमा बढ्दै गएको र अमेरिकी डलरको तुलनामा भारतीय मुद्रासमेत कमजोर भएपछि त्यसको प्रभाव नेपाली मुद्रामा परेको हो ।

नेपाल राष्ट्र बैंकले मंगलबार (आज)का लागि तोकेको मूल्यअनुसार एक अमेरिकी डलरको बिक्रीदर १२२ रुपैयाँ ३४ पैसा र खरिददर १२१ रुपैयाँ तोकिएको छ ।

डलरको तुलनामा भारु कमजोर भएर एक अमेरिकी डलर बराबर भारु ७६ पुगेकाले त्यसको प्रभाव नेपाली मुद्रामासमेत परेको हो ।

गत फागुन १८ गते अर्थात् मार्च १ तारिखका दिन अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ २० पैसा रहेको थियो भने बिक्रीदर ११५ रुपैयाँ ८० पैसा रहेको थियो ।

केन्द्रीय बैंककाअनुसार यूरो एक बराबर खरिददर १२९ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३० रुपैयाँ ५७ पैसा तोकिएको छ ।

यस्तै, पाउन्ड स्ट्रलिङ एक बराबर खरिददर १४० रुपैयाँ ११ पैसा र बिक्रीदर १४० रुपैयाँ ८० पैसा तोकिएको छ । रासस