१० श्रावण २०८२, शनिबार | Sat Jul 26 2025


स्वदेशी तथा विदेशी सामानहरुको वृहत प्रदर्शन मेलामा १० देखि ८० प्रतिशतसम्म छुट


637
Shares

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा विशेष छुटमा स्वदेशी तथा विदेशी सामानहरुको वृहत प्रदर्शन भइरहेको छ ।

यही २७ गतेसम्म सञ्चालन हुने मेलामा स्टकमा रहेका स्वदेशी तथा विदेशी सामानहरुको प्रदर्शनमा विशेष छुटसहित अफरको व्यवस्था रहेको छ ।

कोरोनाका कारण बिक्री नभएका र बाँकी पुराना र नयाँ सामानहरु मेलामा राखिएको छ । मेलामा नेपाल, चीन, भारत, थाइल्याण्ड, बंगलादेश र पाकिस्तानका उत्पादित वस्तुहरु राखिएको छ । मेलामा व्यापारीहरुले बिक्री नभएका सामानहरु सहुलियतमा बेच्ने र ग्राहकहरुले सहुलियत दरमा किन्न पाइने मेला व्यवस्थापक अनिल श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले मेलामा बिक्री नभएका सामानहरु र नयाँ उत्पादित सामानहरु रहेको र विशेष छुटमा बिक्री भइरहेको जानकारी दिनुभयो । मेलामा न्युनतम १० देखि ८० प्रतिशतसम्म छुटमा सामानहरुको बिक्री भइरहेको पनि उहाँले बताउनु भयो ।

मेलामा उपभोक्ताको राम्रो आकर्षण देखिएको व्यापारीहरुले बताएका छन् । मेलामा पुराना सामग्रीहरु सस्तो र सुलभ दरमा विशेष छुटसहति ग्राहकहरुलाई बिक्री गरिएको आयोजकले जनाएको छ ।