Logo १८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026


परिसंघको प्रतिनिधिमन्डलद्वारा उपप्रधानमन्त्री पोखरेलसँग छलफल


0
Shares

काठमाडौं, चैत १० । विश्व महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको रोकथाम एवं सोबाट उत्पन्न हुन सक्ने समस्यासँग जुध्न निजी क्षेत्रका तर्फबाट सरकारलाई सहयोग गर्न नेपाल उद्योग परिसंघको प्रतिनिधिमन्डलले सरकारको उच्चस्तरीय समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग छलफल गरेको छ ।

सरकालाई निजी क्षेत्रले सघाउन सक्ने क्षेत्रहरु आपूर्ति व्यवस्था नियमित राख्ने, अत्यावश्यक स्वास्थ्य सामग्री जुटाउन सहकार्य गर्ने, रोगथामका लागि आवश्यक पूर्वाधार निर्माणमा सघाउने विषयमा छलफलकेन्द्रित रह्यो ।

उपप्रधानमन्त्री एवं संयोजक पोखरेलले अत्यावश्यक स्वास्थ्य सामग्रीको आपूर्तिमा सघाउन र सरकारसँग सघन सम्पर्कमा रहेर विषम परिस्थितिको सामना गर्न सहकार्य आवश्यक रहेको बताएका थिए ।

परिसंघका अध्यक्ष एमिरेट्स विनोद चौधरीले आवश्यक सहकार्य र सहयोग उपलब्ध गराउन तयारी अवस्थामा रहेको जानकारी गराएका थिए ।