२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


सुन–चाँदीको मूल्य उकालो लाग्नेक्रम जारी


0
Shares

काठमाडौं, चैत १० । सोमबार पनि सुन–चाँदीको भाउ उकालो लाग्नेक्रम जारी रह्यो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ५०० ले बढेर तोलाको ७७ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन पनि तोलामा एक हजारले उकालो लागेर तोलाको ७६ हजार ५०० मा कारोबार भएको थियो ।

यसदिन चाँदीको मूल्य भने तोलाको ७२० रुपैयाँमै स्थीर रह्यो ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म सुन प्रतिऔंन्स १५ सय २५ डलर हाराहारीमा कारोबार भइरहेको थियो ।