काठमाडौं । युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत पहिलो लेगको क्वार्टरफाइनल खेलमा चेल्सी पराजित भएको छ ।
घरेलु मैदानमा भएको खेलमा चेल्सी रियल मड्रिडसँग ३–१ अन्तरले पराजित भएको हो ।
भ्रमणमा रहेको स्पेनिस ला लिगा लिडर रियलको जितमा अनुभवी स्ट्राइकर तथा कप्तान करिम बेन्जेमाले ह्याट्रिक गरे । इंग्लिस क्लब चेल्सीका काइ हार्भटेजले सान्त्वना गोल गरे ।
खेलको २१ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए । २४ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई दोब्बर अग्रता दिलाए । तर, ४० औं मिनेटमा काइ हार्भटेजले गोल गर्दै चेल्सीलाई २–१ को स्थितिमा ल्याए । त्यसपछि, ४६ औं मिनेटमा बेन्जिमाले ह्याट्रिक पूरा गर्दै रियललाई ३–१ को जित दिलाए ।
जितपछि रियलले सेमिफाइनल सम्भावना बढाएको छ । अब दोस्रो लेग रियलको घरेलु मैदानमा १३ अप्रिलमा हुनेछ ।








प्रतिक्रिया दिनुहोस्