२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


२८४ जना विदेशी स्वदेश फर्किए


0
Shares

काठमाडौं, चैत १० । कोरोनाभाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले अन्तर्राष्ट्रिय उडानहरुमा प्रतिबन्ध लगाएपनि केही अन्तर्राष्ट्रिय उडानहरु भने सुचारु छन् ।

आइतबार रातिदेखि सोमबारसम्म कतार एअरवेज, कोरियन एअर, इतिहाद एअरवेजबाट जम्मा २८४ जना विदेशी स्वदेश फर्केको अध्यागमन विभागले जनाएको छ ।

विदेशबाट आउँदा भने विमानहरुले यात्री ओसार्न पाउने छैनन् । उनीहरु खाली आउनुपर्ने छ र नेपालबाट बाहिरिन खोज्नेहरुलाई भने लैजान सक्नेछन् ।

अध्यागमन विभागका निर्देशक रामचन्द्र तिवारीले भिसा अवधि सकिएकाहरुलाई सरकारले सहजरुपमा नवीकरण गरिदिने बताए ।

विश्वभर फैलिएको कोरोनाभाइरसका कारण नेपालमै बस्न रुचाउने विदेशीको संख्या पनि अत्यधिक रहेको अध्यागमन विभागले जनाएको छ ।