२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


अर्घाखाँचीमा ‘हिमालय बचाऔं, नदी जोगाऔं’ अभियान सञ्चालन


169
Shares

अर्घाखाँची । जिल्लामा मानव अधिकार तथा शान्ति समाजले ‘हिमालय बचाऔं, नदी जोगाऔं’ अभियान सञ्चालन गरेको छ ।

देशका विभिन्न जिल्लामा अभियानकै रूपमा सञ्चालन गरिएको कार्यक्रम सदरमुकाम सन्धिखर्कमा पनि लगिएको हो ।

पछिल्लो समय हिमालय क्षेत्रमा हिउँ घटदै गएको र फोहोर मैला बढ्दै गए पनि संररक्षणमा सम्बन्धित निकायले चासो नदेखाएको सबैको गुनासो छ ।

हिमाल नभए बातावरणी असन्तुलन हुने भन्दै हिमाल जोगाउन सरकारलेनै जतिसक्दो छिटो पहल गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराइएको छ ।