११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


दुधकोशी जलविद्युत्का लागि जग्गा अधिग्रहण सुरू


247
Shares

काठमाडौं । दुधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि तीन वटा जिल्लामा जग्गा अधिग्रहणको काम सुरू भएको छ ।

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने दुधकोशी आयोजनाका लागि खोटाङमा १३ हजार रोपनी, ओखलढुङ्गामा नौ हजार रोपनी र सोलुखुम्बुमा ५ सय रोपनी जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाइएको हो ।

खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका–६ भदौरेको सिमानाको रभुँवाघाटमा ६३५ मेगावाट क्षमताको जलाशयुक्त आयोजना निर्माण गर्ने गरी काम अघि बढाइएको हो ।

सरकारी जग्गाबाहेक करिब २२ हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको आयोजनाका उपनिर्देशक सीताराम प्रखाछेँले बताउनुभयो । जापान सरकारको सहयोगमा कोशी बेशिन अध्ययन गुरुयोजना अन्तर्गत २०४२ सालमा उक्त आयोजना पहिचान गरिएको थियो ।

नेपाल विद्युत् प्राधिकरणले उक्त आयोजना बनाउन लागेको हो ।