Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


लुम्बिनी प्रदेश सरकारको निर्णय : सञ्चारमाध्यम सम्बन्धी विधेयक पेश गर्न स्वीकृति, प्रदेश यातायात सञ्चालन गर्ने


39
Shares

बुटवल । लुम्बिनी प्रदेश सरकारले सञ्चारमाध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको परिमार्जित विधेयक प्रदेश सभामा पेश गर्न सैद्धान्तिक स्वीकृति दिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सञ्चारमाध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको परिमार्जित विधेयक प्रदेश सभामा पेश गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै लुम्बिनी सरकारका प्रवक्ता आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले स्थायी राजधानीको गुरु योजना स्वीकृति गर्नुका साथै लुम्बिनी प्रदेश यातायात लिमिटेड स्थापना गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

त्यस्तै पाल्पा दरबार संग्रहालय विकास समितिमा विज्ञ सदस्यको रुपमा करुणा काफ्ले, बलिराम सुवाल र शान्ता सारु लाई मनोनित गर्ने निर्णय गरेको छ भने २०७९ सालको लागि लुम्बिनी प्रदेशमा सार्वजनिक पर्व एवम् सट्टा विदा र कार्यालय समय स्वीकृत गरेकोे शर्माले बताउनुभयो ।

यस्तै, दाङको भालुवाङ स्थित लालमटिया स्वास्थ्य चौकीलाई ५० शय्यामा स्तरोन्नति गरी प्रदेश सरकारबाट सञ्चालनमा ल्याउन नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय समेत बैठकले गरेको जनाइएको छ ।