२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


श्रीलंकामा जनस्वास्थ्य संकटकाल लागू


1.17k
Shares

काठमाडौं । आर्थिक संकटमा फसेको श्रीलंकामा औषधि र स्वास्थ्य सामग्री अभाव भएपछि जनस्वास्थ्य संकटकाल लागू गरिएको छ ।

आर्थिक अभावका बीच दिनानुदिन औषधि एवं स्वास्थ्य सामग्री अभाव हुन थालेपछि श्रीलंकन सरकार जन स्वास्थ्य संकटकाल लागू गर्न बाध्य भएको हो ।

संकटकाल अवधिमा राज्यले प्रदान गर्ने सेवा सुविधामा आपतकालीन र तत्काल हेरचाह गर्नुपर्ने सेवाहरूलाई प्राथमिकता दिइने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

अधिकांश श्रीलंकाली नागरिकहरू सरकारी स्वास्थ्य सेवामा निर्भर छन् । आर्थिक एवं विदेशी मुद्रा संकटका कारण श्रीलंका विद्युत् कटौती र अभावसँग जुझिरहेको छ ।

यसले राष्ट्रपति गोताबाया राजापाक्षेको राजीनामा माग गर्दै उनी विरुद्ध व्यापक विरोध निम्त्याएको छ । राजापाक्षेको मन्त्रिपरिषद्का सदस्यहरूले राजीनामा दिएपनि उनले राजीनामा दिन अस्वीकार गरेका छन् ।

यसको सट्टा राष्ट्रिय सरकार गठन गर्न सहयोग गर्न विपक्षीलाई आह्वान गरेका छन् । तर उनीहरू सबैले राष्ट्रपतिको आह्वानलाई अस्वीकार गरेका छन् ।