
एजेन्सी । अन्तराष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले जापनामा हुने टोकियो ओलम्पिकबारे अन्तिम निर्णय लिन चार साताको समय बाँकी रहेको बताइएको छ ।
विश्वभर कोरोनाभाइरसको त्रासले ओलम्पिक सार्न चौतर्फी दबाब बढेपछि आइओसीले चार सातापछि अन्तिम निर्णय लिने जनाएको हो ।
आइओसीको हिजो बसेको कार्यकारी बोर्डको बैठकले टोकियो ओलम्पिकलाई सोझै रद्द गर्नुभन्दा केही महिना वा एक वर्षको लागि पर सार्ने सम्भावनाबारे प्रारम्भिक छलफल गरेको हो ।
यद्यपी ओलम्पिक रद्द गर्ने विषयमा बैठकमा कुनै एजेण्डा पेश नभएको आईओसीको दाबी छ ।
अबको चार सातापछि परिस्थिति मूल्यांकन गरेर टोकियो ओलम्पिकबारे अन्तिम निर्णय हुनेछ ।
पछिल्लो समय ओलम्पिक सार्न विभिन्न देशका खेल संघ, खेलाडी र स्वयं ओलम्पिक कमिटिकै सदस्यहरुले दबाब दिइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्