Logo १३ कार्तिक २०८२, बिहिबार | Fri Oct 31 2025


क्रोएशियाको जाग्रेबमा भूकम्प, संसद भवनसहित ठूला भवनहरु क्षतिग्रस्त


0
Shares

काठमाडौं । कोरोनाको संक्रमणसँगै भूकम्प जाँदा क्रोएशियाको राजधानी जाग्रेबमा ठूला ठूला भवनहरु क्षतिग्रस्त भएका छन् ।

५ दशमलव ३ म्याग्निच्यूटको भूकम्पका कारण एक सय ४० वर्ष पूरानो ऐतिहासिक शहरको भवनहरु क्षतिग्रस्त भएका छन् ।

भूकम्पले संसद भवनसहित विभिन्न सरकारी कार्यालयहरु पनि क्षतिग्रस्त भएको समाचारमा जनाइएको छ ।

भूकम्पमा परेर केही व्यक्ति घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

गृहमन्त्री डब्बोर बजिनोभिकले भूकम्पका कारण घर छाडेकाहरुलाई पुनः फर्किन आग्रह गरेका छन् ।

कोरोनाको महामारी फैलिएका कारण घरमै बस्न उनीहरुलाई आग्रह गरिएको हो । अधिकांश घरहरु क्षतिग्रस्त भएकाले सर्वसाधारण भने घर बाहिर बसेका छन् ।

क्रोएशियामा दुई सय भन्दा बढी कोरोनाका संक्रमितहरु रहेको बताइएको छ । दक्षिणी अष्ट्रिया र स्लोभाकियामा पनि भूकम्पको धक्का महसुस गरिएको बीबीसीले जनाएको छ । (एजेन्सी)