२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


बैतडीमा म्यादी प्रहरीको कोटा थप

लिखितमा फालिएका १२४ जनालाई अन्तर्वार्ताका लागि बोलाइयो

2.457k
Shares

बैतडी । जिल्लामा म्यादी प्रहरीको कोटा थप गरिएको छ ।

यसअघि ८ सय १५ जनाको लागि परिक्षा लिइएको बैतडीमा अन्तिम समयमा आएर कोटा थप गरिएको हो ।

प्रहरी प्रधान कार्यालयबाटै अहिले १ हजार ५१ जना छनोट गर्न जानकारी आएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

यसअघि ८ सय १५ जनाका लागि परीक्षा हुँदा १ हजार ५२ जनाले लिखित सम्मका सबै परीक्षा पास गरी अन्तरवार्ता दिएका थिए ।

सोमबार कोटा थप भएको जानकारी आएसँगै लिखित परीक्षाबाट वैकल्पिकमा रहेका व्यक्तिहरूलाई समेत अन्तरवार्ताका लागि बोलाइएको छ ।

लिखितको योग्यता क्रममा रहेका १२४ जनाको मंगलबार अन्तरवार्ता लिइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरिक्षक बोधराज ओझाले जानकारी दिनुभयो ।

‘हामीले लिखित परीक्षामा ल्याएको नम्बरका आधारमा उनीहरूलाई अन्तरवार्ताका लागि बोलाएका छौं,’ उहाँले भन्नुभयो, ‘यसअघि लिइएको अन्तरवार्ताको नतिजा र भोलि लिइने अन्तरवार्ताको नतिजा एकै पटक अन्तिममा प्रकाशित गर्नेछौं ।’