काठमाडौं, साउन २५ । नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले उद्योगहरुले श्रम कानुनअनुसारमात्र उद्योगहरु सन्चालन गर्नुपर्ने बताएका छन् ।
महासंघले शुक्रबार राजधानीमा गरेको साना उद्योगका श्रमिकको कानुनसम्बन्धी छलफल कार्यक्रममा उनले श्रमिकहरुको व्यावसायिक सुरक्षा र बालश्रमको अन्त्य गर्न महासंघ गम्भीर रहेको उल्लेख गरे ।
कार्यक्रममा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक रामप्रसाद भट्टराईले प्रत्येक प्रदेशमा श्रम तथा व्यवसायजन्य उद्योग स्थापना र रोजगारदाता एवं श्रमिकको बलियो सम्बन्ध हुनुपर्नेमा जोड दिए ।









प्रतिक्रिया दिनुहोस्