१ भाद्र २०८२, आइतबार | Mon Aug 18 2025


कोरोनाको उपचारमा खटिनेलाई छैन् सुरक्षीत सामाग्रीहरु, चिकित्सकहरु चिन्तीत


0
Shares

प्रक्षा तिमल्सीना र दिलीप पोख्रेल (ईमेज) 

काठमाडौं, चैत ९ । कोरोनाभाइरसको उपचार गर्दा चिकित्सकहरुलाई व्यक्तिगत सुरक्षाका उपकरणहरु आवश्यक पर्छ ।

तर सरकारले वीर, शुक्रराज, पाटन, भक्तपुर र सैनिक अस्पतालसँगै केही अन्य अस्पतालाई मात्र पीपीइ उपकरणहरु उपलव्ध गराएको छ । नेपाललाई अझै १ लाख थान पीपीइ सामाग्रीहरुको आवश्यक छ ।

कोरोनाभाइरस उपचार गर्ने चिकित्सले अनिवार्य व्यक्तिगत सुरक्षाका उपकरणहरु प्रयोग गर्न सुझाव दिएको छ ।

जसमा एन ९५ मास्क, गाउन, चस्मा, फेस सिल्ड, जुत्ता जस्ता सामाग्री पर्दछन् । तर सरकारले ति उपकरणहरु अस्पतालमा पुर्‍याउन नसक्दा चिकित्सकहरु भाइरल इन्फेक्सन भएका विरामीको उपचार गर्न मानेका छैनन् ।

सरकारले हब र स्याटलाइट भनि छुट्टाएको अस्पतालबाहेक अरुलाई ति उपकरणहरु दिएको छैन् । सरकारले कोरोना भाइरसको उपचार निजी अस्पतालहरुले समेत गर्न निर्देशन दिए पनि उपकरणहरु नपाउँदा चिकित्सकहरुले उपचार गर्न सक्ने अवस्थामा नरहेको जनाएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वाशुदेव पाण्डेले नेपालमा झन्डै १ लाख पीपीइ उपकरणहरु आवश्यक रहेको भन्दै यी सामाग्रीहरुको विश्व बजारमा नै अभाव देखिएको बताए ।

सरकारले सुरक्षा उपकरण किन्ने जिम्मा स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखालाई दिएको छ । तर ती सामानहरु नेपाल आएका छैनन् ।

सरकारले संक्रमणको अनुगमन गर्न चितवन, पोखरा,रुपदेही र काठमाडौमा १८ जना सर्भिलेन्स अफिसर खटाएको जनाएको छ । उनीहरुले अस्पताल र होटलहरुको अनुगमन गर्ने छन् ।

ति जिल्लाका अस्पतालहरुमा कति जनाको निमोनियाका कारण मृत्यु भयो, रुघाखोकीको समस्या कस्तो छ जस्ता स्वास्थ्य लक्षणको अनुगमन गर्ने डा. पाण्डेले बताए ।

यता सरकारले विभिन्न नाकाहरुवाट नेपाल प्रवेश गरेका सबै व्यक्तिहरुको समेत स्वास्थ्य परीक्षण गर्न सकेको छैन् । शनिवार र आइतबार गरी लाखौं व्यक्ति नेपाल प्रवेश गरेका छन् । उनीहरुको नत स्वास्थ्य परीक्षण भएको न त क्वारेन्टारमा बसे नबसेको कुनै तथ्याक छ ।

संक्रमितको उपचार गर्ने चिकित्सकले नै हो तर पर्याप्त सुरक्षा उपकरणको अभावले चिकित्सक नै भयवित हुनुपर्ने अवस्थाको अन्त्य सरकारले तत्काल गर्नुपर्छ । यसका लागि स्वास्थ्यकर्मीको मनोबल बढाउन जरुरी छ ।