२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025


उम्मेदवार छनाेट नहुँदै चितवनमा राजनीतिक रस्साकसी


442
Shares

चितवन । चितवनमा आगामी वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनका लागि उम्मेदवार छनाेटकाे प्रक्रियाको काम नहुँदै राजनीतिक रस्साक्स्सी सुरु भएको छ ।

राजनीतिक दलहरू स्थानीय निर्वाचनको तयारीमा तछाडमछाड गर्दै जुट्न थालेका छन् ।

त्यस्तै, भरतपुर महानगरपालिकाको मेयरमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुन: आफ्नै छोरी रेणु दाहाललाई दोहोर्याउन चाहानुभएको प्रष्ट भइरहदा चितवन कांग्रेसले भने रुख बाहेक अन्त मत नहाल्ने बताउँदै आएकाे छ ।

मतपत्र च्यातेपछि पुन निर्वाचन हुँदा २०७४ मा रेणु दाहाल भरतपुर महानगरको मेयरमा निर्वाचित भएसँगै जब-जब निर्वाचन आउँछ तब चितवन जहिले चर्चामा हुन्छ । चितवनमा सात वटा स्थानीय तह छन् । तर चर्चा र सक्रियता भरतपुरमै केन्द्रित छ।

कसलाई उम्मेदवार गराउने भन्ने टुंगो नलागे पनि दलहरू चुनावी प्रचारप्रसार अभियानमा लागिसकेका छन् । नेकपा माओवादी केन्द्र चितवन जिल्ला समन्वयन कमिटीका संयोजक रामचन्द्र अधिकारीले हालसम्म भएका काम र आगामी योजना सहित घरदैलोमा जुटिसकेको बताउनुहुन्छ ।

नेपाली कांग्रेस चितवनले पनि ‘घरघर जाऔं कांग्रेस जिताऔं’अभियानलाई तीव्र बनाएको छ । पछिल्लो जिल्ला कार्यसमितिको बैठक बसेर गठबन्धन स्वीकार्य हुने तर भरतपुरको मेयरमा आफ्नो दाबी प्रष्ट रहेको कांग्रेसको धारणा छ ।

जिल्ला सभापति राजेश्वर खनालले एक्लै निर्वाचनमा जान सक्नेगरी चितवन कांग्रेस बलियो बनेको दावी गर्नुहुन्छ ।

नेकपा एमाले चितवन पनि घरदैलौ अभियानमै छ । फागुन १३गते निर्णय गरेर २१ गतेदेखि घरघरमा एमाले टोल-टोलमा एमाले जनताको सुख र दुखमा नेकपा एमाले नारा सहित सक्रिय रहेको हो ।

जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले सबै पालिकामा नेकपा एमालेका उम्मेदवार विजयी गराउनेगरी अभियान थालेको बताउनुहुन्छ।

नेकपा एमालेले मतमत च्यातेको विषयलाई मुख्य एजेण्डा गराउँदै जनतामा जाने स्पष्टता भइरहदा माओवादी केन्द्रले भने यसलाई राजनीतिक मुद्दा बनाउन आवश्यक नभएको भन्दै त्यो विषय किनारा लागिसकेको दाबी गर्छ । अध्यक्ष अधिकारीले प्रतिगामीले मात्रै त्यो विषय उठाउने बताउनुहुन्छ ।

एकातिर केन्द्रमा गठवन्धन गर्ने चर्चा अर्कोतिर जिल्लामा एक्ला एक्लै चुनावमा जान सकिनेगरी तयारी भइरहेको बताउने स्थानीय नेताहरु जसका कारण चितवनमा थप रोचक र चासो बढ्दै गएको छ ।

भरतपुरको मेयरमा प्रचण्डले पुन: आफ्नै छोरी दाहाललाई दोहोर्याउन चाहानुभएको प्रष्ट भइरहँदा चितवन कांग्रेसले रुख बाहेक अन्त मत नहाल्ने बताइरहेका छन् ।