Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


राप्रपाले जितेको गाउँपालिकाका अध्यक्ष लिङदेनद्वारा सरकारी गाडी फिर्ता गर्ने निर्णय


11.9k
Shares

काठमाडौं । राप्रपाले जितेको झापाको हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले सरकारी सवारी साधन फिर्ता गर्ने निर्णय गर्नुभएको छ ।

चुनावको मुखमा सरकारी सवारी साधन र जनताले तिरेको करको दुरुपयोग नहोस् भनेर आफूले प्रयोग गर्दै आएको सरकारी सवारी साधन फिर्ता गर्ने निर्णय गरेको अध्यक्ष लिङदेनले इमेज खबरलाई जानकारी दिनुभयो । उहाँले निर्वाचन आउनु एक महिना अघिनै सरकारी सवारी साधन प्रयोग नगर्दा इन्धनको पनि बचत हुने र त्यसले सरकारलाई फाइदा पुग्ने समेत बताउनु भयो । सबै जनप्रतिनिधिले निर्वाचन आउनु अघि सरकारी साधन प्रयोग नगरेको खण्डमा राष्ट्रको करोडौं रुपैयाँको इन्धन जोगिने अध्यक्ष लिङदेनको भनाई छ ।

अरु जनप्रतिनिधिले पनि यसलाई आत्मसाथ गरुन भनेर आफूले सवारी साधन फिर्ता गरेर त्यसको शुरुवात गरेको उहाँले बताउनु भयो । “पार्टीको काममा गाउँ गाउँ जानु पर्ने हुन्छ त्यसमा सरकारी सवारी साधन प्रयोग गर्दा धेरै तेल खर्च हुन्छ त्यसकारण मैले सरकारी सम्पत्ति दुरुपयोग नहोस भनेर गाडी फिर्ताको निर्णय गरे” लिङदेनले इमेजखबरसँग भन्नुभयो ।लिङदेन आसन्न स्थानीय तह निर्वाचनमा पुनः सोही गाउँपालिकाको अध्यक्षमा उम्मेदवार बन्ने तयारीमा हुनुहुन्छ । स्थानीय तहको निर्वाचन २०७९ बैशाख ३० गते हुँदैछ ।

गाडी फिर्ता गर्ने गाउँपालिकाका अध्यक्ष लिङदेन राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका सहोदर भाइ हुनुुहुन्छ ।