नेपाल-भारतबीचकाे संयुक्त भिजनप्रति नेपालका उर्जा उद्यमी उत्साहित « Imagekhabar – Online News Portal of Nepal


नेपाल-भारतबीचकाे संयुक्त भिजनप्रति नेपालका उर्जा उद्यमी उत्साहित


260
Shares

काठमाडौं । नेपाल-भारतबीचकाे संयुक्त भिजनप्रति नेपालका उर्जा उद्यमी उत्साहित भएका छन।

भारतले नेपालको बिजुली व्यापारका लागि बाटो खोलिदिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा भारत– नेपाल संयुक्त भिजन जारी गर्दै ऊर्जा क्षेत्रमा एक-आपसमा सहयोग अभिवृद्धि गर्न दुवै देश सहमत भएका छन् । यसबाट नेपालको क्षेत्रीय बजारमा प्रवेश गर्ने लामो समयदेखिको चाहनाले अब मूर्त रुप पाउने भएको छ ।

नेपालले बढी भएको बिजुली सहजै रुपमा भारत र बङ्गलादेशमा निर्यात गर्न बाटो खुलेको छ । सहमतिमा नेपालका केही ठूला आयोजना नेपाल र भारतको संयुक्त लगानीमा विकास गर्ने, अन्तरदेशीय प्रसारण लाइनको निर्माण गर्ने, बजारको मागका आधारमा उपयुक्त पहुँच दिने समेत उल्लेख गरिएकाे छ ।

यसमा उपक्षेत्रीय सङ्गठनका रुपमा रहेको बिबिआइएनमा आबद्ध देशहरुलाई समेट्ने भन्ने घोषणालाई पनि महत्वपूर्ण मानिएको छ । भारतको पछिल्लो सहमतिले नेपालमा बढी भएको बिजुली खेर नजाने बङ्गलादेशको बजारसम्म पुग्छ भन्ने सुनिश्चितता भएको छ । त्यस्तै, भारतीय प्रधानमन्त्री मोदीले नेपालको बिजुली खरिदगर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

यसलाई पनि उपलब्धिकै रुपमा मानिएको छ । नेपालले विजुली आदाप्रदान मार्केटमा जानका लागि लामो समयदेखि माग गर्दै आएको थियो । गएको बर्खामा मात्रै नेपालको करिब ५ सय मेगावाट बराबरको बिजुली खेर गएको प्राधिकरणले भन्दै आएको छ ।

नेपालको बिजुली खरिद गर्ने र अन्य मुलुकमा पहुँचका लागि समेत बाटो दिने भारतीय प्रतिवद्धताबाट नेपालका उर्जा उद्यमीहरु उत्साहित भएका छन् ।